विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको मेडिकल लाइसेन्स खारेज
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको मेडिकल लाइसेन्स खारेज गरेको छ।
काउन्सिलले सूचना जारी गर्दै नेपाली नागरिकता परित्याग गरी अन्य देशको नागरिकता लिएका चिकित्सकहरू अब नेपालमा मेडिकल दर्तामा रहने योग्य नहुने जनाएको हो। नेपाली मेडिकल काउन्सिल ऐन, नियमावली र नागरिकता सम्बन्धी कानुनअनुसार उनीहरूको नाम दर्ता किताबबाट हटाइएको काउन्सिलले स्पष्ट पारेको छ।
लाइसेन्स खारेज हुने चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जनदेव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिब हमाल, डा. सलुजा सिंह थारू, डा. सुजना केसी, डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजा रहेका छन्।
काउन्सिलका अनुसार उनीहरूले भारत, बेलायत, अमेरिका, अष्ट्रेलिया र हङकङलगायत देशको नागरिकता लिएका छन्। त्यसैले नेपाली कानुनअनुसार उनीहरूको मेडिकल दर्ता स्वतः खारेज गरिएको हो।








