सरकारले ३ महिनासम्म कर्मचारीको वैदेशिक भ्रमणमा रोक
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सरकारले आगामी तीन महिनासम्म कुनै पनि सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग र सरकारी निकायलाई पत्र पठाउँदै यो निर्देशन कार्यान्वयन गर्न भनेको हो।
कार्यालयका अनुसार चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधारसँग सम्बन्धित १०० वटा कार्यसूचीलाई प्राथमिकताका साथ अघि बढाइएको छ। ती कामहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न कर्मचारीको ध्यान देशभित्रै केन्द्रित गर्नुपर्ने भएकाले वैदेशिक भ्रमण रोकिएको हो।
प्रधानमन्त्री कार्यालयले कर्मचारी विदेश गएको खण्डमा सुधारका कामहरूमा ढिलाइ हुन सक्ने भएकाले अहिले कुनै पनि कर्मचारीलाई भ्रमणमा नपठाउन आग्रह गरेको छ। सरकारले यो अवधिमा सबै सुधारका कार्यक्रमहरूलाई छिटो र प्रभावकारी रूपमा पूरा गर्न जोड दिएको छ।







