नेपाली कांग्रेस संसदीय दलको नेता चयन निर्वाचन स्थगित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज हुने भनिएको निर्वाचन स्थगित गरिएको छ। निर्वाचन समितिका अनुसार अब निर्वाचन कहिले हुने भन्ने नयाँ मिति तोकिएको छैन। सहमतिमै नेता चयन गर्ने प्रयास भइरहेको कारण निर्वाचन रोकिएको बताइएको छ।
यसका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, प्रकाश भुसाल र राजु कटुवालसहित सदस्यहरू रहेका छन्।
समितिका सदस्य मुना भुसालका अनुसार अहिले दलको नेता चयन सहमतिबाट गर्ने विषयमा छलफल भइरहेको छ। केही समयपछि औपचारिक विज्ञप्ति जारी गरेर थप जानकारी दिइने उनले बताएकी छन्। दलको नेता चयनको प्रक्रिया अब निर्वाचन वा सहमतिमध्ये कुन बाटोबाट अघि बढ्ने भन्ने निर्णयपछि मात्रै स्पष्ट हुने भएको छ।







