ऐन महर एमाले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले ऐन महरलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ। संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। बझाङबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित महर अब एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहनेछन्।
नियुक्तिपछि उनले आफूलाई दिएको जिम्मेवारीप्रति खुसी व्यक्त गर्दै पूर्ण निष्ठा र इमानदारिताका साथ काम गर्ने बताएका छन्। उनले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएका छन्।







