काठमाडौंमा सुकुमबासीको अस्थायी बसोबासको तयारी, दशरथ रंगशालामा लैजाने योजना
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । काठमाडौंका थापाथलीसहित विभिन्न क्षेत्रमा रहेका सुकुमबासी बस्तीका स्थानीयको बसोबास व्यवस्थापन गर्न सरकार अघि बढेको छ। सरकारले बस्ती हटाउने तयारी गरेसँगै काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौले प्रभावित स्थानीयलाई अस्थायी बसोबासको व्यवस्था गर्न थालेका हुन्।
विस्थापित हुने नागरिकलाई सुरुमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लैजाने तयारी गरिएको छ। त्यहाँ उनीहरूको विवरण संकलन गरेपछि अस्थायी बसोबासका लागि छुट्याइएका स्थानमा पठाइने बताइएको छ। स्रोतका अनुसार काठमाडौंभित्र तीन स्थानमा अस्थायी बसोबासको व्यवस्था गर्ने योजना बनाइएको छ। तर सुरक्षा कारण देखाउँदै ती स्थानहरू हाल सार्वजनिक गरिएको छैन।
यसैबीच, काठमाडौं महानगरपालिकामा आकस्मिक कार्यपालिका बैठक पनि सुरु भएको छ। बैठकमा सुकुमबासी व्यवस्थापन र सुरक्षाको विषयमा छलफल भइरहेको एक वडाध्यक्षले जानकारी दिएका छन्। यसअघि कार्यपालिका बैठकहरू प्रत्यक्ष प्रसारण हुने गरे पनि आजको बैठक भने प्रसारण गरिएको छैन।







