पोखरामा अतिक्रमित जग्गा खाली गर्न ३५ दिनको समय

User Image Prime TV News २ हप्ता अगाडि
Image of पोखरामा अतिक्रमित जग्गा खाली गर्न ३५ दिनको समय

पोखरा । पोखरा महानगरपालिकाले सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ३५ दिनको समय दिएको छ। महानगरले वैशाख ४ गते सूचना जारी गर्दै तोकिएको समयभित्र आफैं संरचना हटाउन आग्रह गरेको हो। नहटाए कानुनी प्रक्रिया अनुसार महानगरले हटाउने जनाएको छ।

महानगरका अनुसार पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गा विभिन्न व्यक्ति, संस्था र राजनीतिक दलहरूले प्रयोग गर्दै आएका छन्। मेयर धनराज आचार्यले अहिलेको सूचना सुकुम्बासी बस्तीका लागि नभएको स्पष्ट पारेका छन्। उनका अनुसार वास्तविक सुकुम्बासीको पहिचान गरी भूमि आयोगमार्फत लालपूर्जा दिएपछि मात्रै व्यवस्थापन गरिनेछ।

पोखरामा करिब १८ हजारभन्दा बढी सुकुम्बासी परिवार रहेको बताइएको छ। उनीहरूको समस्या समाधान प्रक्रिया अनुसार गरिने महानगरले जनाएको छ। महानगरले पहिलो चरणमा पृथ्वीचोकदेखि नयाँ बजारसम्मका अतिक्रमण हटाउने तयारी गरेको छ। साथै, सबै काम कानुन अनुसार गरिने भएकाले सुकुम्बासीलाई तत्काल डराउन नपर्ने पनि जनाएको छ।