सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर मसस्या समाधान गर्छौः प्रधानमन्त्री बालेन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन शाहले देशभरका सुकुम्वासी र अतिक्रमणकारीलाई छुट्याएर समस्या समाधान गरिने बताएका छन्। काठमाडौंका विभिन्न सुकुम्वासी बस्ती हटाउने तयारी भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत यस्तो स्पष्ट पारेका हुन्।
उनले वास्तविक सुकुम्वासीलाई प्रक्रिया पूरा गरेर छिट्टै जग्गा उपलब्ध गराइने बताएका छन्। प्रधानमन्त्री शाहका अनुसार देशभर लाखौं सुकुमवासी रहेका छन् र उनीहरूको दीर्घकालीन समाधान आवश्यक छ। उनले यो समस्या वर्षौंदेखि दोहोरिँदै आएको भन्दै अब स्थायी समाधान गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरेका छन्।
उनले काठमाडौका नदी किनारमा बस्ने परिवारहरू बाढीका कारण हरेक वर्ष जोखिममा पर्ने र धेरैले आफ्नो घरबार छोड्नुपर्ने अवस्था आउने गरेको पनि बताएका छन्। सरकारले अब समस्या टार्ने होइन, सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था गर्ने दिशामा काम अघि बढाएको प्रधानमन्त्री शाहको भनाइ छ।
यसैबीच, सुकुमवासी बस्ती हटाउने तयारीको विरोधमा केही स्थानमा स्थानीयहरूले प्रदर्शन पनि गरेका छन्।







