थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका धेरैजसो नक्कली सुकुम्वासी: प्रधानमन्त्री सचिवालय
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका धेरैजसो सुकुम्वासी बस्तीमा बस्ने व्यक्तिको अन्यत्र घरजग्गा रहेको दाबी गरेको छ।
शनिबार जारी विज्ञप्तिमा लगत संकलनका क्रममा बस्तीमा बस्ने अधिकांश व्यक्ति वास्तविक सुकुम्वासी नभएको पाइएको उल्लेख गरिएको छ।
सचिवालयका अनुसार अन्यत्र घरजग्गा भएर पनि सुकुम्वासीका नाममा सार्वजनिक जग्गा ओगट्ने ‘नक्कली’ व्यक्तिलाई सरकारले कुनै विकल्प नदिने तयारी गरेको छ। यस्ता व्यक्तिको विवरण सार्वजनिक गरिने पनि बताइएको छ।
सरकारले अब प्रत्येक व्यक्तिको विवरण डिजिटल प्रणालीमा राखेर वास्तविक र नक्कली सुकुम्वासी छुट्याउने काम गर्ने जनाएको छ।
विज्ञप्तिमा राजधानीका नदी किनारका सार्वजनिक जग्गा फिर्ता गर्ने र वास्तविक सुकुम्वासी पहिचान गर्ने उद्देश्यले बस्ती हटाउने प्रक्रिया अघि बढाइएको उल्लेख छ।
सरकारले यसपटक भावना होइन, तथ्य र तथ्यांकका आधारमा सुकुम्वासी समस्याको स्थायी समाधान खोज्ने रणनीति लिएको जनाएको छ।







