हर्क साम्पाङले बालेनलाई भने- जनतालाई धेरै दुःख नदिनु

User Image Prime TV News १ हप्ता अगाडि
Image of हर्क साम्पाङले बालेनलाई भने- जनतालाई धेरै दुःख नदिनु

काठमाडौ । हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह लाई जनतालाई धेरै दुःख नदिन सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत साम्पाङले जग्गाजमिन कसैको स्थायी नहुने भन्दै जनताको पीडा बुझेर काम गर्न आग्रह गरेका हुन्।

उनले विकासमा ध्यान दिन र पुराना विवाद छोड्न पनि सुझाव दिएका छन्। साम्पाङले अहिले झगडाभन्दा विकासको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

उनले व्यंग्य गर्दै अहिले बालेनकै ‘जुँगा लामो’ भएको टिप्पणीसमेत गरेका छन्। अब विवाद होइन, काममा केन्द्रित हुनुपर्ने उनको भनाइ छ। सुकुम्बासी बस्ती हटाउने विषय चर्चामा रहेका बेला साम्पाङको यो प्रतिक्रिया आएको हो। उनले जनतालाई कम दुःख हुने उपाय अपनाउन सुझाव दिएका छन् ।