रास्वपा सांसद विश्वराज पोखरेलमाथि महावीर पुनको कडा टिप्पणी-'सांसद पदको बेइज्जत नै गर्‍यो त'

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपा सांसद विश्वराज पोखरेलमाथि महावीर पुनको कडा टिप्पणी-'सांसद पदको बेइज्जत नै गर्‍यो त'

काठमाडौ । सांसद महावीर पुनले रास्वपाका सांसद विश्वराज पोखरेलको व्यवहारप्रति कडा असन्तुष्टि जनाएका छन्।

विद्यालयका हेडमास्टर स्वागत गर्न गेटबाहिर नआएको भन्दै सांसद पोखरेलले असन्तुष्टि जनाएको भिडियो सार्वजनिक भएपछि पुनले त्यसप्रति प्रतिक्रिया दिएका हुन्।

पुनले सांसद जनताको सेवक भएको भन्दै पदको धाक देखाउनु गलत भएको बताएका छन्। उनले सांसदले जनताको काम गर्नुपर्ने भए पनि व्यक्तिगत सम्मानको विषयमा रवाफ देखाउनु उचित नभएको टिप्पणी गरेका छन्।

उनले यस्तो व्यवहार स्वीकार्य नभएको भन्दै पोखरेलले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन्। नभए जनताले फिर्ता बोलाउनुपर्ने उनको भनाइ छ। पुनले सांसद पदकै मर्यादा कमजोर हुने गरी यस्तो व्यवहार भएको भन्दै आपत्ति जनाएका छन्। यस विषयलाई लिएर सामाजिक सञ्जालमा पनि सांसद पोखरेलको आलोचना भइरहेको छ ।