राष्ट्र बैंकद्वारा सोमबारको लागि नयाँ विदेशी विनिमय दर सार्वजनिक


काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर तथा क्यानेडियन डलरसहितका प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर निर्धारण गरिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर (USD) एकको खरिद दर १४१ रुपैयाँ ६६ पैसा र बिक्री दर १४२ रुपैयाँ २६ पैसा रहेको छ ।
अस्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ ७४ पैसा र बिक्री दर ९३ रुपैयाँ १३ पैसा, क्यानेडियन डलरको खरिद दर १०१ रुपैयाँ ६० पैसा र बिक्री दर १०२ रुपैयाँ ०३ पैसा, युरोपियन युरोको खरिद दर १६५ रुपैयाँ ७७ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा, बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १८९ रुपैयाँ ८९ पैसा र बिक्री दर १९० रुपैयाँ ६९ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दरमा परिवर्तन गर्न सकिने स्पष्ट पारेको छ।