ह्वाइट हाउस नजिक गोली चलेपछि सुरक्षा कडा, ट्रम्प सुरक्षित
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाको राजधानी वासिङ्टनमा गोली चलेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। ह्वाइट हाउसमा पत्रकारहरूसँग डिनर चलिरहेका बेला अचानक गोली चलेको बताइएको छ।
घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाकर्मीले तत्काल सुरक्षित स्थानमा लगेका थिए। एक आक्रमणकारीलाई पक्राउ गरिएको जनाइएको छ।
गोली डिनर भइरहेको हलमाथिको लबी क्षेत्रमा चलेको बताइएको छ। घटना हुँदा उपराष्ट्रपति जेडी भान्स पनि राष्ट्रपति ट्रम्पसँगै रहेका थिए।
घटनापछि अमेरिकी सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ। राष्ट्रपति ट्रम्प भने सुरक्षित रहेको बताइएको छ।







