आज देशका धेरै क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

User Image Prime TV News १ हप्ता अगाडि
Image of आज देशका धेरै क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

काठमाडौ । देशका धेरै ठाउँमा आज मौसम बदली रहने र वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिमी र स्थानीय वायुको प्रभावका कारण यस्तो अवस्था बनेको जनाएको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहेको छ। केही स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपात पनि भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ। मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

लुम्बिनीको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने बताइएको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने भएकाले गर्मी बढ्ने सम्भावना छ। मौसम खराब हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।