५० हजार घुससहित प्रहरी हवल्दार पक्राउ

User Image Prime TV News १ हप्ता अगाडि
Image of ५० हजार घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौ । कास्कीमा घुस लिएको आरोपमा एक प्रहरी वरिष्ठ हवल्दार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत विष्णु थापा क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो।

लागूऔषध सम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीपछि अख्तियारले कारबाही गरेको जनाएको छ। अख्तियारको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। घुस रकम पनि बरामद गरिएको छ।

घटनापछि क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। भ्रष्टाचारका घटनामा कडाइ गरिने पनि आयोगले बताएको छ।