आज सुनचाँदीको मूल्य फेरि बढ्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of आज सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। पछिल्ला दिनहरूमा निरन्तर उतारचढाव देखिएको सुनचाँदीको मूल्य आज फेरि उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सुन तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा वृद्धि देखिएको व्यवसायीहरू बताउँछन् ।