टोटनहम इंग्लिस प्रिमियर लिगमा वुल्भ्सविरुद्ध १–० ले विजयी

User Image Prime TV News १ हप्ता अगाडि
Image of टोटनहम इंग्लिस प्रिमियर लिगमा वुल्भ्सविरुद्ध १–० ले विजयी

काठमाडौ । रेलिगेसन जोनमा संघर्षरत टोटनहम इंग्लिस प्रिमियर लिगमा वुल्भ्सविरुद्ध १–० ले विजयी भएको छ । शनिबार टोटनहमलाई वुल्भ्सको घरेलु मैदान मोलिन्युक्स रंगशलाामा जित दिलाउन जोआओ पलहिन्आ निर्णायक बने ।

पलहिन्आले दिलाएको अग्रताबाटै टोलीले जित निकालेको हो । पलहिन्आले ८२औँ मिनेटमा अग्रता दिलाएका थिए । जितसँगै रेलिगेसन जोनमा रहेको टोटनहमले तालिकामा ३४ अंक जोडेको छ । तालिकाको १८औँ स्थानमा रहेको टोटनहमले ३४ खेल खेल्दा आठ जित, १० बराबरी र १६ हार व्यहोरेको छ ।

यो जितका बावजुद टोटनहम रेलिगेसन जोनमै छ । रेलिगेसनको संकट टार्न टोलीलाई बाँकी चार खेलमा शतप्रतिशत जित निकाल्र्नुपर्ने दबावमा छ । पराजित वुल्भ्स भने हारसँगै १७ अंकका साथ तालिकाको पुछारमा सीमित छ । टोलीले यस संस्रकण प्रिमियर लिगको हैसियत गुमाउने यसअघि नै तय भइसकेको छ ।

लिगअन्तर्गत शनिबारै सम्पन्न खेलमा फुलहमले एस्टन भिलालाई १–० ले पराजित गरेको छ । फुलहमको जितमा रायन सेसेग्नोन निर्णायक बने । सेसेग्नोनले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै टोलीले जित निकालेको हो । सेसेग्नोनले ४३औँ मिनेटमा अग्रता दिलएका थिए ।

जितसँगै फुलहमले तालिकामा ४८ अंक जोडेको छ । तालिकाको १०औँ स्थानमा रहेको फुलहमले ३४ खेल खेल्दा १४ जित, ६ बराबरी र १४ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित एस्टन भिला भने हारका बाबजुद ५८ अंकका साथ पाँचौ स्थानमा सीमित छ ।