एसईई नतिजा वैशाख अन्तिम सातासम्म आउने तयारी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाख अन्तिम सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ।
अहिले विद्यार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। उनका अनुसार यो काम एक–दुई दिनभित्र सकिनेछ। त्यसपछि सबै विवरण रुजु गरिनेछ। रुजु गर्दा कुनै समस्या नदेखिएमा नतिजा प्रकाशित गर्ने प्रक्रिया अघि बढाइने छ।
यस वर्ष एसईई परीक्षा चैत १९ गतेदेखि सुरु भई चैत २९ गते सकिएको थियो। परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये ४ लाख ४१ हजार ५६६ जना नियमित र ७० हजार ८५५ जना ग्रेड वृद्धिका विद्यार्थी रहेका छन्।







