सुकुमवासीको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली फिल्डमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुकुमवासीको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली फिल्डमा

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न फिल्डमा खटिएको छ। आयोगको टोली आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेर त्यहाँ राखिएका सुकुमवासीहरूको अवस्था अनुगमन गरेको हो।

शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई हटाइएको थियो। त्यसपछि उनीहरूलाई नेपाल प्रहरी र नगर प्रहरीको सहयोगमा नागार्जुन र कीर्तिपुरको सत्सङ्ग भवन लगायतका स्थानमा लगेर राखिएको छ। सुकुमवासी हटाउने क्रममा मानव अधिकार हनन भएको आरोप उठेपछि आयोगले अवस्था बुझ्न टोली पठाएको हो।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार टोलीले सुकुमवासीको अवस्थाबारे जानकारी लिइरहेको छ। आयोगले यसअघि नै २०६९ सालमा सुकुमवासी व्यवस्थापनबारे सरकारलाई सिफारिस गरेको थियो। त्यसमा वास्तविक सुकुमवासी पहिचान गरी उनीहरूलाई वैकल्पिक बसोबासको व्यवस्था गरेर मात्र व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको थियो।

त्यस्तै, अतिक्रमित जग्गा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयम अपनाउन पनि आयोगले सरकारलाई निर्देशन दिएको थियो।