विधेयकमा नागरिकको सहभागिता बढाउन ‘विधेयक प्रयोगशाला’ सुरु
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन ‘विधेयक प्रयोगशाला’ सुरु गरेका छन्।
दाङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य रहेका आचार्यले संसदमा आउने विधेयकहरूमा नागरिक, विषय विज्ञ र सरोकारवालाबाट प्रत्यक्ष सुझाव लिन यो पहल सुरु गरेका हुन्। उनका अनुसार ‘विधेयक प्रयोगशाला (बिल ल्याब)’ मार्फत विधेयकहरू पढ्न, बुझ्न, छलफल गर्न र दफागत रूपमा सुझाव तथा संशोधन प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ।
आचार्यले सरकारको काम विधेयक ल्याउने भए पनि त्यसलाई सुधार्ने र परिष्कृत गर्ने जिम्मेवारी संसद र नागरिक दुवैको भएको बताएका छन्। उनले बन्द कोठाभित्र मात्र विधेयक बनाउँदा समाजको वास्तविक समस्या पूरा रूपमा समेटिन नसक्ने भन्दै त्यसमा नागरिकको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताएका छन्।







