भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जित्यो


काठमाडाै । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै एशिया कपको उपाधि पुनः आफ्नो नाममा राखेको छ।
यो उपाधि भारतको एशिया कपमा नवौं पटकको जित हो। यो प्रतियोगितामा दुबै चिरप्रतिद्वन्द्वीबीचको तेस्रो भिडन्त थियो। तर, खेलपछि पनि दुबै टोलीबीचको कटुता झल्कियो। अघिल्ला दुई खेलमा जस्तै, यो पटक पनि खेलाडीहरूले हात मिलाएनन्।
भारतका खेलाडीहरू उपाधि वितरण समारोहमा पनि सहभागी भएनन्। भारतीय क्रिकेट बोर्डका अनुसार, खेलाडीहरूले एशियन क्रिकेट काउन्सिलका अध्यक्ष मोहसिन नकवीबाट ट्रफी लिन अस्वीकार गरेका थिए। नकवी हाल पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष पनि हुन्।
भारतका कप्तान सूर्यकुमार यादवले भने, “मेरो करिअरमा यस्तो कहिल्यै देखिएको थिएन, जहाँ विजेता टोलीले ट्रफी पाउँदैन।”
पाकिस्तानको हार, भारतको जीत
पहिलेब्याटिङमाउत्रिएकोपाकिस्तानलेराम्रोसुरुवातगरेकोथियो।साहिबजादाफरहानले५७रनरफखरजमानले४६रनबनाएरओपनिङमा८४रनकोसाझेदारीगरेकाथिए।
तर त्यसपछि पाकिस्तानको ब्याटिङ अचानक ढल्यो। कुलदीप यादवको शानदार स्पिन ९४ विकेट, ३० रन र कमजोर ब्याटिङका कारण पाकिस्तानका बाँकी ९ विकेट ३३ रनमै गुमे।
अन्ततः टोली १९.१ ओभरमै १४६ रनमा अलआउट भयो ।भारतको इनिङ पनि खराब सुरुवातसहित सुरु भयो। पहिलो तीन ओभरमै भारतले तीन विकेट गुमायो।
तर त्यतिबेला तिलक वर्माले स्थिति सम्हाले। उनले अविजित ६९ रन बनाए भने शिवम दुबेले ३३ र संजू सामसनले २४ रनको साथ दिए। भारतले दुई बल बाँकी रहँदै लक्ष्य पुरा गर्यो।