छानबिन चलिरहँदा एन्फा पदाधिकारीलाई विदेश जान रोक
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीलाई विदेश जान रोक लगाइएको छ। राष्ट्रिय खेलकुद परिषद्बाट निलम्बनमा परेका एन्फाका पदाधिकारीमाथि आर्थिक विषयमा छानबिन भइरहेकाले विदेश यात्रा रोकिएको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ।
राखेपले एन्फाको आर्थिक विषय छानबिन गर्न कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा यो समिति बनाइएको हो।
छानबिनका क्रममा पदाधिकारीहरूको पासपोर्ट रोक्का गर्न राखेपले मन्त्रालयलाई पत्र पठाएको थियो। त्यसपछि गृह मन्त्रालयमार्फत प्रक्रिया अघि बढ्दा अध्यागमन विभागले पासपोर्ट रोक्का गरेको हो। यसअघि एन्फाभित्र देखिएको अर्ली इलेक्सन विवादका कारण राखेपले चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।
छानबिन जारी रहेकाले एन्फा पदाधिकारीमाथि विदेश यात्रा रोक लगाइएको हो।







