प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाए
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सुकुमवासी बस्तीमा डोजर चलिरहेको अवस्थामा उनले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका हुन्। एक मन्त्रीका अनुसार दिउँसो सवा १ बजेतिर बैठक बस्ने जानकारी दिइएको थियो।
सार्वजनिक बिदाको दिन आइतबार नै मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। काठमाडौँ उपत्यकामा नदी किनारका सुकुमवासी बस्ती हटाउने काम जारी रहेकै बेला बैठक बोलाइएको हो। प्रधानमन्त्री बालेनकै निर्देशनमा शनिबारदेखि काठमाडौका विभिन्न स्थानमा अव्यवस्थित बस्ती हटाउने अभियान चलिरहेको छ।
यही परिस्थितिबीच बोलाइएको मन्त्रिपरिषद् बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्ने अनुमान गरिएको छ।







