जेनजी आन्दोलनका घाइते राईको निधन


काठमाडौ । गत २३ र २४ भदौमा भएका जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोट घर भएका लक्ष्मण राईको गएराति १२ बजे उपचारकै क्रममा मृत्यु भएको छ। उनी पञ्चकन्या गाउँपालिका–२ का बासिन्दा थिए।
राई दुई दिनसम्म राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयूमै गम्भीर अवस्थामा उपचाररत थिए। उनको टाउको पछाडिको भागमा गोली लागेको बताइएको छ। लामो समयसम्म कोमामा रहेका उनको निधनले आन्दोलनको क्रममा हुने हिंसात्मक घटनाले थप मानव जीवन जोखिममा पर्ने विषयलाई उजागर गरेको छ।
राई केही समयदेखि काठमाडौंको बालाजु क्षेत्रमा मजदुरी गर्दै आएका थिए। परिवारसँग उनको सम्पर्क नियमित नभए पनि उपचारका क्रममा अस्पतालले परिवारलाई जानकारी गराएको छ। उनका शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ।