सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरको हेरचाह जारी (फोटो फिचर)
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरहरूको हेरचाह भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार घरपालुवा कुकुर, गाईलगायत जनावरको संरक्षण तथा स्याहार भइरहेको हो।
जनावरहरूको हेरचाहका लागि स्नेहा केयर र क्याटलगायत संस्थाहरू परिचालन गरिएको छ। ती संस्थाले जनावरलाई खाना खुवाउने, संरक्षण गर्ने र बिरामी परेका जनावरको उपचार गर्ने काम गर्दै आएका छन्। त्यस्तै घाइते तथा बेवारिसे जनावरहरूको उद्धार र आवश्यक स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको छ।
यसैबीच, शनिबार र आइतबार काठमाडौँका विभिन्न सुकुमबासी बस्तीमा सरकारले डोजर चलाएर संरचना हटाएको छ। प्रभावित परिवारलाई अस्थायी बसोबास र खानपानको व्यवस्था मिलाइएको सरकारले जनाएको छ।
फोटो स्रोतः– प्रधानमन्त्री सचिवालय







