भारतका विदेश सचिव छिट्टै नेपाल आउने, उच्चस्तरीय भ्रमणको तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of भारतका विदेश सचिव छिट्टै नेपाल आउने, उच्चस्तरीय भ्रमणको तयारी

काठमाडौ । भारतका विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने भएका छन्। उनले नेपाल आएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई बधाई दिने कार्यक्रम रहेको छ।

बालेन नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ। मिस्रीको भ्रमणपछि प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय पनि तय हुने सम्भावना रहेको छ। भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूसँग कुरा गर्दै उनले नेपाल आउने तयारी भइरहेको तर मिति अझै तय नभएको बताएका छन्।

उनले नेपालका परराष्ट्रमन्त्रीसँग यस विषयमा निरन्तर छलफल भइरहेको पनि जानकारी दिएका छन्।