निजामती विधेयकमा नयाँ व्यवस्था, उमेर हद ६० वर्ष प्रस्ताव

User Image Prime TV News १ हप्ता अगाडि
Image of निजामती विधेयकमा नयाँ व्यवस्था, उमेर हद ६० वर्ष प्रस्ताव

काठमाडौ । सरकारले संघीय निजामती सेवासम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। यसमा ४८ वटा नयाँ व्यवस्था राखिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले तयार पारेको मस्यौदामा निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने प्रस्ताव गरिएको छ। अहिले कर्मचारी ५८ वर्षमा अवकाश हुने व्यवस्था छ।

मस्यौदामा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पठाउने तरिका पनि परिवर्तन गर्ने प्रस्ताव गरिएको छ। अब उनीहरूलाई प्रदेशको मुख्यमन्त्री कार्यालयमार्फत स्थानीय तहमा खटाइने व्यवस्था गर्न लागिएको छ। नेपालमा हाल ७ प्रदेश र ७५३ स्थानीय तह रहेका छन्।

त्यस्तै, विधेयकमा निजामती कर्मचारीलाई राजनीतिक दलसँग आवद्ध हुन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। यदि कोही कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा बर्खास्त गरिने उल्लेख गरिएको छ। सरकारले मस्यौदामा सुझाव मागिरहेको छ। सुझावका आधारमा सुधार गरेर विधेयक संसदमा पेश गर्ने तयारी गरिएको छ।