संविधानमा विश्वास व्यक्त गर्दै दशैंको शुभकामना दिए देउवाले

User Image Prime TV News ६ दिन अगाडि
Image of संविधानमा विश्वास व्यक्त गर्दै दशैंको शुभकामना दिए देउवाले

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानबाटै मुलुकका सबै समस्या र जटिलताहरू समाधान गर्न सकिने बताएका छन्।

दशैंको अवसरमा शुभकामना दिँदै उनले संविधानलाई मुलुकको सर्वोच्च कानुनको रुपमा स्वीकार गर्दै यसले स्थिरता र प्रगतिको बाटो सुनिश्चित गरेको बताए।

देउवाले भने, “सात दशक लामो जनताको संघर्ष र बलिदानबाट बनेको यो ऐतिहासिक संविधान नै हामी सबैका लागि मार्गदर्शक हो। संविधानले उत्पन्न हुने राजनीतिक समस्याहरूको समाधान गर्नुपर्नेछ र यसले देशको विकास र समृद्धिलाई थप बलियो बनाउनेछ।

उनले सबै नागरिकलाई एकता, शान्ति र विकासमा आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्दै दुर्गा भवानीको आशीर्वादले सबैमा आत्मबल र दृढता प्रदान गर्न अनुरोध गरे ।