कांग्रेस इतर समूहको बैठक बस्ने, रणनीति बनाइने

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेस इतर समूहको बैठक बस्ने, रणनीति बनाइने

काठमाडौ । नेपाली कांग्रेसभित्रको इतर समूहको बैठक बस्ने भएको छ। समूहका नेता तथा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकट नेताहरूलाई काठमाडौं बोलाएका छन्।

बैठक वैशाख १५ र १६ गते दुई दिन धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा बस्नेछ। समूहका नेताहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ। बैठकमा जिल्ला सभापति, जिल्ला सभापतिमा पराजित भएका नेताहरू, उपसभापति तथा अन्य पदाधिकारीहरूलाई पनि बोलाइएको छ।

साथै १४ औँ महाधिवेशनमा केन्द्रीय समितिमा निर्वाचित नेताहरू पनि सहभागी हुनेछन्। बैठकलाई रणनीतिक छलफलका रूपमा लिइएको छ। आगामी दिनमा पार्टी कसरी अघि बढाउने र महाधिवेशनको तयारी कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। इतर समूहले पार्टी नेतृत्व र वर्तमान कार्यसमितिप्रति असन्तुष्टि जनाउँदै आएको छ।

पार्टी एकता र आगामी रणनीतिबारे साझा धारणा बनाउन यो बैठक बोलाइएको हो।