ईभी माइक्रोबस धादिङमा दुर्घटना, १२ जना घाइते
Prime TV News १ हप्ता अगाडि 
धादिङ । काठमाडौबाट पोखरा जाँदै गरेको विद्युतीय (ईभी) माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ।
दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बा १३ च २९४१ नम्बरको माइक्रोबस गजुरी गाउँपालिका–६ आदमघाट नजिक दुर्घटनामा परेको हो।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।







