आज केही ठाउँमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । देशका विभिन्न क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। मौसमविद्का अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावले केही ठाउँमा वर्षा हुन सक्ने सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने बताइएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा पनि पानी पर्ने र हिमपात हुन सक्ने सम्भावना छ।
मधेशसहित धेरै तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढ्न सक्ने र तातो दिन हुने मौसम विभागले जनाएको छ। मौसममा परिवर्तन हुन सक्ने भएकाले वर्षा र चट्याङबाट सतर्क रहन आग्रह गरिएको छ ।







