रुस र उत्तर कोरियाबीच सैन्य सहकार्य थप बलियो बनाउने सहमति

User Image Prime TV News १ हप्ता अगाडि
Image of रुस र उत्तर कोरियाबीच सैन्य सहकार्य थप बलियो बनाउने सहमति

काठमाडौ । रुस र उत्तर कोरिया बीच दीर्घकालीन सैन्य सहकार्य बढाउने सहमति भएको छ। रुसी रक्षा मन्त्रालयले आइतबार यसको जानकारी दिएको हो।

रुसका रक्षामन्त्री आन्द्रे बेलौसोभले उत्तर कोरियासँग सैन्य सम्बन्ध निरन्तर र दीर्घकालीन रूपमा अघि बढाउने सहमति भएको बताएका छन्। उनले सन् २०२७ देखि २०३१ सम्मको सैन्य सहकार्य योजना यसै वर्ष तयार हुने पनि बताए।

यसअघि दुई देशले सन् २०२४ मा सैन्य सन्धि गरेका थिए। उक्त सन्धिअनुसार कुनै एक देशमाथि आक्रमण भए अर्को देशले तत्काल सहयोग गर्ने व्यवस्था छ।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले रुसलाई युक्रेन युद्धमा सैनिक, क्षेप्यास्त्र र अन्य युद्ध सामग्री सहयोग गर्दै आएको छ। बदलामा उसले आर्थिक सहायता, खाद्यान्न, ऊर्जा र सैन्य प्रविधि पाएको बताइएको छ।

प्योङयाङमा भएको भेटवार्तामा किम जोङ सँग रुसी अधिकारीहरूले छलफल गरेका थिए। कार्यक्रममा युद्धमा संलग्न उत्तर कोरियाली सैनिकहरूको भूमिकाको प्रशंसा समेत गरिएको छ। यो सहमतिसँगै रुस र उत्तर कोरियाबीचको सैन्य सम्बन्ध अझ नजिकिएको देखिएको छ।