माओवादी केन्द्रको मध्यपहाडी राजमार्ग केन्द्रित अभियान भदौ २१ गतेदेखि पुनः सुरु हुने

User Image Prime TV News एक बर्ष अगाडि
Image of माओवादी केन्द्रको मध्यपहाडी राजमार्ग केन्द्रित अभियान भदौ २१ गतेदेखि पुनः सुरु हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बर्खाका कारण स्थगित गरेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियान भदौ २१ गतेदेखि पुनः सुरु गर्ने भएको छ। पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाका अनुसार अभियानको दोस्रो चरण लमजुङबाट प्रारम्भ हुनेछ।

सापकोटाले दिएको जानकारीअनुसार अभियान लमजुङबाट सुरु भई गोरखा, धादिङ हुँदै नुवाकोटसम्म सञ्चालन हुनेछ। कार्यक्रमअनुसार भदौ २१ र २२ लमजुङ, भदौ २३ गोरखा, भदौ २४ धादिङ, भदौ २५ गते नुवाकोटमा अभियान केन्द्रित कार्यक्रम सञ्चालन हुनेछन्।

अभियान अन्तर्गत प्रत्येक जिल्लामा जनसभा, अन्तरक्रिया र जनसम्पर्क कार्यक्रमहरू आयोजना गरिनेछ। कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपाध्यक्षहरू, महासचिव र अन्य केन्द्रीय नेताहरूको सहभागिता रहनेछ। सभाहरूलाई अध्यक्ष दाहाल स्वयंले सम्बोधन गर्ने तय गरिएको छ।

सापकोटाले चार जिल्लामा कार्यक्रम सम्पन्न गरेपछि बाँकी जिल्लाहरूको कार्यक्रम क्रमशः तय गरिने जानकारी दिए।

माओवादी केन्द्रले मध्यपहाडी राजमार्गलाई संगठन सुदृढीकरणको आधार बनाउने उद्देश्यसहित गत जेठ २ गते बैतडीबाट अभियान सुरु गरेको थियो। तर बर्खाको कारण बाटो अवरुद्ध हुने समस्याले गर्दा पोखरासम्म पुगेर अभियान जेठ २१ गते स्थगित गरिएको थियो।