सुनको भाउ ३ लाख नाघ्यो, चाँदी पनि महँगियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुनको भाउ ३ लाख नाघ्यो, चाँदी पनि महँगियो

काठमाडौ । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ।

सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढ्दै ३ लाख नाघेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि गत सोमबार सुन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। हालसम्मकै उच्च मूल्य भने माघ १५ गते ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो। यस्तै, चाँदीको भाउ पनि बढेको छ। चाँदी आज प्रतितोला ५० रुपैयाँले बढ्दै ५ हजार ४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।

गत सोमबार चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।