निजामती ऐन मस्यौदामा विवाद, कर्मचारी संगठनले आन्दोलनको चेतावनी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले ल्याएको ‘संघीय निजामती सेवा ऐन’ को मस्यौदालाई लिएर कर्मचारी संगठनहरू असन्तुष्ट बनेका छन्। उनीहरूले मस्यौदामा ट्रेड युनियन अधिकार कटौती गर्न खोजिएको भन्दै विरोध जनाएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको प्रस्तावमा कर्मचारीहरूले पाउँदै आएको संगठित हुने र सामूहिक रूपमा माग राख्ने अधिकार सीमित गर्न खोजिएको बताइएको छ। कर्मचारी संगठनहरूका अनुसार यस्तो व्यवस्था नेपालको संविधान २०७२ विपरीत छ।
संविधानले नै संघ–संस्था खोल्ने र ट्रेड युनियन बनाउने अधिकार सुनिश्चित गरेको उनीहरूको भनाइ छ। संगठनहरूले ट्रेड युनियन अधिकार कटौती गर्ने प्रावधान हटाउन, सबै कर्मचारीलाई संगठित हुने अधिकार दिन र सरोकारवाला पक्षसँग छलफल गरेर मात्र कानुन अगाडि बढाउन माग गरेका छन्।
यदि आफ्ना माग बेवास्ता गरिए देशभर आन्दोलन सुरु गर्ने चेतावनी पनि उनीहरूले दिएका छन्।








