सुकुम्बासीलाई संगठित गर्ने श्रम संस्कृति पार्टीको घोषणा

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुकुम्बासीलाई संगठित गर्ने श्रम संस्कृति पार्टीको घोषणा

काठमाडौ । श्रम संस्कृति पार्टी ले देशभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्ने घोषणा गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान चलाइरहेकाले उनीहरूलाई संगठित गर्ने अभियान सुरु गर्ने बताएका छन्।

उनले जिल्ला र पालिका समितिहरूलाई यस अभियान अघि बढाउन आग्रह गरेका छन्। सरकारले पछिल्लो समय काठमाडौं उपत्यकामा नदी उकास र सार्वजनिक जग्गामा बनेका संरचना हटाउने काम गर्दै आएको छ। सो क्रममा घरटहरा भत्काउने र बस्ती खाली गराउने कार्य भइरहेको छ।

प्रभावित व्यक्तिहरूलाई अस्थायी बसोबास र खानाको व्यवस्था गरिएको पनि जनाइएको छ।