इरानले हर्मुज खोल्ने र युद्ध रोक्ने प्रस्ताव गरेको दाबी

User Image Prime TV News १ हप्ता अगाडि
Image of इरानले हर्मुज खोल्ने र युद्ध रोक्ने प्रस्ताव गरेको दाबी

काठमाडौ । इरानले स्ट्रेट अफ हर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने विषयमा अमेरिकासँग नयाँ प्रस्ताव अघि सारेको दाबी गरिएको छ।

अमेरिकी अनलाइन माध्यम एक्सियसले एक अमेरिकी अधिकारी र अन्य स्रोतलाई उद्धृत गर्दै इरानले पहिले हर्मुज खोल्ने र त्यसपछि मात्र आणविक हतियारसम्बन्धी वार्ता गर्ने प्रस्ताव गरेको जनाएको छ।

रिपोर्ट अनुसार इरानभित्र आणविक सम्झौताबारे मतभेद रहेकाले वार्ता अघि बढ्न सकेको छैन। त्यसैले अहिले युद्ध रोक्ने र समुद्री मार्ग खोल्ने विषयलाई प्राथमिकता दिन प्रस्ताव गरिएको बताइएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले भने यो प्रस्ताव स्वीकार गर्ने सम्भावना कम रहेको जनाइएको छ।

स्ट्रेट अफ हर्मुज विश्वको महत्वपूर्ण तेल मार्ग हो। यसबाट ठूलो मात्रामा कच्चा तेल र ग्यास आपूर्ति हुने भएकाले यस क्षेत्रको तनावले विश्व बजारमा तेलको मूल्य बढाउने र अर्थतन्त्रमा असर पार्ने गर्छ।