प्रधानमन्त्री कार्कीले दशैंमा टीका र जमरा नलगाउने
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले यसवर्षको बडादशैंमा टीका र जमरा नलगाउने निर्णय गरेकी छन्।
हालै सम्पन्न जेनजी आन्दोलनमा थुप्रै युवाहरूले ज्यान गुमाएको घटनालाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्कीले यो निर्णय लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।
सोमबार जारी विज्ञप्तिमा भनिएको छ, "बडा दशैं प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाइने चाड भए तापनि, हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाहरूले ज्यान गुमाउनु परेको पीडादायी परिस्थितिलाई विचार गर्दै, यसवर्ष प्रधानमन्त्रीज्यूले टीका र जमरा नलगाउने निर्णय गर्नुभएको छ।"
प्रधानमन्त्रीको सचिवालयले आमजनतालाई पनि यसवर्ष दशैंमा टिका लगाउने कार्यक्रम नरहेको जानकारी गराएको छ।







