सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, अध्यादेश ल्याउने सम्भावना
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ। बैठकमा सरकारका विभिन्न महत्वपूर्ण विषयमा छलफल भइरहेको छ। आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने बताइएको छ।
त्यसैगरी, केही नयाँ अध्यादेश ल्याउने विषयमा पनि छलफल भइरहेको र निर्णय हुनसक्ने सम्भावना रहेको जनाइएको छ। बैठकका निर्णयहरू पछि औपचारिक रूपमा सार्वजनिक गरिनेछ। आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको भन्दै दलहरुले विरोध गरेका छन् ।







