माइतीघरमा शोभा पाठक र महेश बस्नेतकी श्रीमती बिच भुतलाभुतल

User Image Prime TV News १ हप्ता अगाडि
Image of माइतीघरमा शोभा पाठक र महेश बस्नेतकी श्रीमती बिच  भुतलाभुतल

काठमाडौ । काठमाडौँको माइतीघर मण्डलामा आज महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेत र शोभा पाठक बिच भुतलाभुतल भएको छ ।

बस्नेत र पाठक बीच विवाद भएपछि झडप भएको हो। त्यसपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँमा लगेको छ। प्रहरीका अनुसार माइतीघरमा केही व्यक्तिहरू धर्नामा बसेका थिए।

सोही क्रममा अर्को समूह पुगेपछि विवाद बढेर हात हालाहाल भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। अहिले दुवै पक्षलाई नियन्त्रणमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।