शेयर बजार बढेर बन्द, कारोबार ४ अर्ब ७४ करोडभन्दा बढी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । साताको पहिलो कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ७ दशमलव ७३ अंकले बढेर २,७९६ विन्दुमा पुगेको छ। बजारमा १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्य घटेको छ।
आज ३५१ कम्पनीका करिब १ करोड ९ लाख कित्ता शेयर किनबेच हुँदा कुल कारोबार ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी भएको छ। सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङ मिल्स को भएको छ। त्यसपछि आँखुखोला जलविद्युत कम्पनी र सोलु हाइड्रोपावर का शेयर पनि धेरै कारोबार भएका छन्।
नाफा कमाउनेमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावर अगाडि रहेका छन्। यस्तै सिटी होटल र झापा इनर्जी का लगानीकर्ताले पनि राम्रो नाफा कमाएका छन्। तर निफ्रा ग्रिन इनर्जी डिबेन्चर का इकाईधनीले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्।







