त्रिवि क्रिकेट मैदानको भाडा सम्झौता पुनः नवीकरण हुने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ ।सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता पुनः नवीकरण हुने स्पष्ट पारेको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री सस्मित पोखरेलले त्रिविका पदाधिकारीसँग छलफल भएको र भाडा सम्झौता छिट्टै नवीकरण गर्ने तयारी भएको बताएका छन्। उनका अनुसार मैदान खाली गराउने योजना होइन, तर पुरानो सम्झौता नवीकरण गर्ने प्रक्रिया अघि बढाइएको हो।
राज्यको लगानी भएको संरचना भएकाले करार सम्झौता पुनः गर्नु आवश्यक रहेको उनले बताए। यसअघि सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले सार्वजनिक सूचना जारी गर्दै केही संरचना हटाउन निर्देशन दिएको थियो।
सोही क्रममा क्यानलाई पनि पत्राचार गरिएको थियो। त्रिवि र क्यानबीचको वर्तमान सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ। त्यसपछि नयाँ सम्झौताका आधारमा मैदान सञ्चालन हुने बताइएको छ।







