नेकपाले संविधान संशोधनका लागि बनायो कार्यदल

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेकपाले संविधान संशोधनका लागि बनायो कार्यदल

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ।

सोमबार पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय संयोजन समिति बैठकले कार्यदल बनाउने निर्णय गरेको हो। कार्यदलमा नेता देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन्।

पार्टीले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन यो कार्यदल गठन गरिएको जनाएको छ।