नारायणदत्त पौडेल सशस्त्र प्रहरीको नयाँ आईजीपी नियुक्त

User Image Prime TV News १ हप्ता अगाडि
Image of नारायणदत्त पौडेल सशस्त्र प्रहरीको नयाँ आईजीपी नियुक्त

काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल को नयाँ महानिरीक्षक (आईजीपी) मा एआईजी नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

हालका आईजीपी राजु अर्याल वैशाख १८ गतेदेखि चार वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका छन्। त्यसअघि नै सरकारले नयाँ नेतृत्वमा पौडेललाई नियुक्त गरेको हो। आईजीपी पदका लागि एआईजी बंशी दाहाल र गणेश थापा मगर पनि प्रतिस्पर्धामा थिए। तर सरकारले बरियतामा पहिलो नम्बरमा रहेका पौडेललाई चयन गरेको जनाएको छ।

अब सशस्त्र प्रहरी बलको नेतृत्व पौडेलले सम्हाल्नेछन्।