संसदीय दलको नेता चयनमा ढिलाइ सहमतिका लागि भएको गगन थापाको भनाई

User Image Prime TV News १ हप्ता अगाडि
Image of संसदीय दलको नेता चयनमा ढिलाइ सहमतिका लागि भएको गगन थापाको भनाई

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता चयनमा भएको ढिलाइलाई लिएर स्पष्टिकरण दिएका छन्। उनले यो ढिलाइ लाचार वा अल्छीपनका कारण नभई सबै नेताहरूबीच सहमति बनाउन समय लागेको बताएका हुन्।

संसदीय दलको नेतामा भीष्मराज आङ्दाम्बेलाई सर्वसम्मत रूपमा चयन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्। उनले सबै साथीहरूसँग छलफल र संवाद गरेर मात्र निर्णयमा पुग्न खोजिएकोले केही समय लागेको बताए।

थापाका अनुसार, पार्टीभित्र एकता कायम राख्दै सबैको सहमतिमा नेतृत्व चयन गर्नु आवश्यक भएकाले हतार नगरी प्रक्रिया अगाडि बढाइएको हो। उनले नवनिर्वाचित नेता आङ्दाम्बेले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्ने विश्वास पनि व्यक्त गरे।