खड्का समूहको बैठक आज, आगामी रणनीति तय गर्ने तयारी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का समूहको बैठक आज काठमाडौँमा बस्दैछ। महाराजगन्जस्थित स्मार्ट होटलमा हुने बैठकमा केन्द्रीय सदस्य, पदाधिकारी र जिल्ला सभापतिहरू सहभागी हुने बताइएको छ।
बैठकमा सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल हुनेछ। साथै समूहको अबको रणनीति र भावी कदमबारे निर्णय गर्ने तयारी गरिएको छ। विशेष महाधिवेशनलाई अदालतले आधिकारिकता दिएपछि त्यसबारे साझा धारणा बनाउन बैठक बोलाइएको जनाइएको छ।
बैठकमा पार्टीभित्रको भूमिकादेखि संगठनात्मक रणनीतिसम्मका विषयमा छलफल हुने बताइएको छ। यता शेखर कोइराला समूह भने बैठकमा सहभागी नहुने जनाइएको छ। यसले कांग्रेसभित्रको आन्तरिक राजनीति थप चासोको विषय बनेको छ।







