शंकर पोखरेलको आत्मसमीक्षा : देश भूराजनीतिक द्वन्द्वमा फसेको छ

User Image Prime TV News ११ महिना अगाडि
Image of शंकर पोखरेलको आत्मसमीक्षा : देश भूराजनीतिक द्वन्द्वमा फसेको छ

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश गहिरो भूराजनीतिक दबाबमा परेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत पोखरेलले मुलुक वैध सत्तालाई कमजोर बनाउने 'डिप स्टेट'को प्रयोगशालामा परिणत भएको टिप्पणी गरेका छन्। साथै, उनले नव पुस्तासँगको संवाद र विश्वासको पुल निर्माण गर्न असफल भएको स्वीकार गर्दै आत्मसमीक्षा गरेका छन्।

पोखरेलले राष्ट्रिय शक्ति निर्माणको प्रयासमा चुकिएको र विदेशी रणनीतिको घेराबन्दीबाट देशलाई जोगाउन नसकिएको उल्लेख गरेका छन् ।