संवैधानिक परिषद् पूर्ण, अब नियुक्ति प्रक्रिया अघि बढ्ने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेतामा चयन गरेसँगै संवैधानिक परिषद् पूर्ण भएको छ। सोमबार भएको निर्णयपछि संविधानअनुसार प्रमुख विपक्षी दलको नेता पनि परिषद्मा समावेश भएपछि परिषद्ले पूर्णता पाएको हो।
संविधानको धारा २८४ अनुसार परिषद्को अध्यक्षमा प्रधानमन्त्री बालेन्द्र शाह रहने व्यवस्था छ। सदस्यहरूमा सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख रुबी ठाकुर, प्रधानन्यायाधीश र विपक्षी दलका नेता आङदेम्बे रहेका छन्।
त्यसैगरी, प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल हुँदा कानुन मन्त्री सोविता गौतम पनि बैठकमा सहभागी हुन सक्नेछन्। परिषद् पूर्ण भएसँगै अब प्रधानन्यायाधीशसहित विभिन्न संवैधानिक निकायमा रिक्त पदहरूमा नियुक्ति सिफारिस गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।







