आङदेम्बेलाई खड्काको बधाई, जिम्मेवारी प्रभावकारी बनाउन सुझाव
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङदेम्बे लाई बधाई दिएका छन्। सर्वसम्मत रूपमा दलको नेता बनेपछि आङदेम्बे मंगलबार बिहान खड्कालाई भेट्न उनको निवास पुगेका थिए।
सो क्रममा खड्काले उनलाई नयाँ जिम्मेवारी सफलतापूर्वक निभाउन शुभकामना दिएका हुन्। खड्काले नेपाली कांग्रेस संसद्मा दोस्रो ठूलो दल भएकाले प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका महत्वपूर्ण हुने बताए। उनले संसद्मा सशक्त र सक्रिय भूमिका खेल्न आङदेम्बेलाई सुझाव दिए।
त्यसैगरी, उनले आङदेम्बेलाई संवैधानिक परिषद्को सदस्यका रूपमा पनि प्रभावकारी काम गर्न आग्रह गरेका छन्। खड्काले आङदेम्बेको नेतृत्वमा पार्टीले राम्रो काम गर्ने विश्वास व्यक्त गरेका छन्।







