नेकपामा नेताहरूको जिम्मेवारी आज टुंगो लगाउने तयारी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले नेताहरूको कार्यविभाजन आज टुंगो लगाउने तयारी गरेको छ। सोमबार पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको थियो।
बैठकमा विभागीय जिम्मेवारी बाँडफाँटलाई लिएर नेताहरूबीच केही मतभेद देखिएको थियो। पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले विदेश विभागको जिम्मेवारी दाबी गरेका थिए भने अर्का वरिष्ठ नेता वामदेव गौतमले संगठन विभागको नेतृत्व चाहेका थिए।
तर अहिले विदेश विभाग प्रमुखका रूपमा प्रमेश हमाल र संगठन विभाग प्रमुखका रूपमा वर्षमान पुनको नाम अघि बढेपछि केही विवाद देखिएको छ। यसबीच पार्टीले मंसिर ११ देखि १५ सम्म एकता महाधिवेशन गर्ने निर्णय भने पहिले नै अनुमोदन गरिसकेको छ। साथै चुनावी समीक्षा प्रतिवेदन पुनर्लेखन गर्ने र संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि भएको छ।
नेता प्रकाश ज्वालाका अनुसार ठूलो विवाद नभई केही विषयमा थप छलफल आवश्यक भएकाले बैठक स्थगित गरिएको हो। उनका अनुसार सात प्रदेशका इन्चार्जको टुंगो लागिसकेको छ भने बाँकी विभागीय जिम्मेवारी आजको बैठकले अन्तिम रूपमा तय गर्नेछ।
यस्तो नेताहरूको जिम्मेवारी :
प्रचण्ड : संयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन
माधवकुमार नेपाल : सहसंयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन
झलनाथ खनाल : प्रमुख नीति अनुसन्धान प्रतिष्ठान
वामदेव गौतम : प्रमुख उत्पादन तथा रोजगारी विभाग
नारायणकाजी श्रेष्ठ : प्रमुख अनुगमन तथा मूल्यांकन विभाग
अग्नि सापकोटा : प्रमुख स्थानीय तह
कृष्णबहादुर महरा : प्रमुख राष्ट्रिय सुरक्षा
गंगानारायण श्रेष्ठ : प्रमुख सास्कृतिक
डा.गंगालाल तुलाधार : इञ्चार्ज बागमती
गिरिराजमणि पोखरेल : प्रमुख शिक्षा विभाग
गोपाल किराती : उपप्रमुख निति अनुसन्धान प्रतिष्ठान
चक्रपाणि खनाल : इञ्चार्ज लुम्बिनी प्रदेश
चेतबहादुर पुन : प्रमुख सास्कृति मोर्चा फ्याक्सन
जगन्नाथ खतिवडा : प्रमुख बुद्धिजीवी फाट
जयन्ती राई : प्रमुख संघीय संसदीय फाट
डिलाराम आचार्य : जिम्मेवारी तोक्न बाँकी
दिनानाथ शर्मा : प्रमुख प्राध्यापक फाट
देवेन्द्र पौडेल : प्रमुख स्वास्थ्य विभाग
देव गुरुङ : प्रमुख कानुन विभाग
नन्दबहादुर पुन : प्रमुख सुरक्षाकर्मी सङ्गठन फाट
पम्झा भुसाल : प्रवास संयोजक
प्रकाश ज्वाला : पार्टी प्रवक्ता तथा प्रेस सङ्गठन प्रमुख
प्रमेश हमाल : प्रमुख विदेश विभाग
प्रेमबहादुर सिंह : प्रमुख संसदीय मामिला
वर्षमान पुन : सङ्गठन विभाग प्रमुख
डा. वेदुराम भुसाल : पार्टी स्कुल विभाग प्रमुख
भानुभक्त जोशी : सहइञ्चार्ज सुदूरपश्चिम
भीम रावल : इञ्चार्ज सुदूरपश्चिम
मदनकुमार शाह गरिमा : प्रमुख श्रम रोजगार विभाग
महेन्द्र राय यादव : इञ्चार्ज मधेस प्रदेश
मातृका यादव : सहइञ्चार्ज मधेस प्रदेश
मेटमणि चौधरी : सहइञ्चार्ज लुम्बिनी प्रदेश
रञ्जिता श्रेष्ठ : सहइञ्चार्ज सुदूरपश्चिम
राजेन्द्र राई : इञ्चार्ज कोशी प्रदेश
राजेन्द्र पाण्डे : प्रमुख जगवर्गीय मोर्चा
रामकुमार भट्टराईः सहइञ्चार्ज मधेस प्रदेश
रामचन्द्र झाः प्रमुख प्रादेशिक मामिला विभाग
लिलामणि पोखरेलः ऊर्जा तथा जलस्रोत विभाग प्रमुख
राजेन्द्र श्रेष्ठः प्रमुख संघीय मामिला
शक्ति बस्नेतः प्रमुख अर्थ योजना
श्रीराम ढकालः प्रमुख पश्चिम महादेश अनुगमन
सुनिल मानन्धरः प्रमुख कृषि विभाग
सुवासराज काफ्लेः प्रमुख उद्योग व्यवसाय विभाग
हितमान शाक्यः सहइञ्चार्ज, उपत्यका विशेष प्रदेश
हितबहादुर तामाङः प्रमुख उपभोक्ता आपूर्ति विभाग







