नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

काठमाडौ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको छ।

आज सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने यो मूल्य ३ लाख ५ सय रुपैयाँ थियो। गत मंगलबार सुन ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार चाँदी ५ हजार १६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। बजारमा पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्य निरन्तर घटबढ भइरहेको देखिएको छ।